कतारका विभिन्न जेलमा रहेका १७ जना नेपाली कैदीलाई आममाफी

एजेन्सी

११ बैशाख, कतार । कतार सरकारले कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् यसको जानकारी दोहास्थित नेपाली दूतावासले जनाएको छ । रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।