भैसेपाटीको निर्णय सबैको रायन नै बिधेयक फिर्ता

बैशाख ११, काठमाण्डौ । केहि दिन अघि सरकारले ल्याएको दुई वटा विधेयकबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भूईचालो नै ल्ययो । हुनत पार्टीमा पहिले देखि नै सन्तुष्टी र विवाद भने हुदै आएको थियो पछि विधेयक आएपछि भने सडकमा छताछुल्न नै भयो । यसै विषयमा नेकपा सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।
आज बिहीबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए ।
त्यसलगतै सरकारमा नरहेका सचिवालयका ६ नेताहरु भैँसेपाटीमा भेला भएका थिए । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको छ । यो अनौपचारिक समीक्षा मात्र थियो । तर, सबैको राय अध्यादेश फिर्ता लिनु नै सही हुन्छ भन्ने रह्यो,’ बुझिएको छ । स्रोतका अनुसार सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहहरूको मागअनुसार स्थायी कमिटी बस्ने सम्भावना छ ।
बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाई सकेका छन् ।