बिधेयकमाथि बिरोध स्वरुप भोलि नेविसंघले प्रदर्शन गर्ने

११ बैशाख,काठमाडौं । हालै सरकारले ल्याएका दुई विधेयक बारे विरोध स्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानले आज एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिएका छन् । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।
अध्यक्ष ढंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्याले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गर्न आग्रह समेत गरिएको छ ।