कोरोना संक्रमित डिस्चार्ज सँगै थपिन क्रम जारी, आज फेरि तीन जनामा कोरोना भाइरस संक्रमति भेटिए

बैशाख ११, विराटनगर । कोरोना भाइरसका बिरामी डिस्र्चाज भए जस्तै थपिने क्रम पनि जारी छ । आज भोजपुर र जनकपुरमा थप एक एक कोराना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
त्यस्तै भोजपुर हथुवागढीका २६ वर्षीय एक किशोरमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको
छैन । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ ।
यस्तै जनकपुरका १४ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए । यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ । त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ ।