नेकपा माओवादी बैठकले एमसीसीको बिरोध गर्दै विपक्षमा मत दिने निर्णय गरेको छ । यदि सरकारले जबरजस्ती पारित गर्न खोजे सरकारबाट फिर्ता हुने समेत निर्णय गरेर अध्यक्ष प्रचण्ढ प्रधानमन्त्री शेरबहादुर देउवासंगा बर्ता गर्न बालुवाटार पुगेर छलफल सुरू भएको छ।
स्रोतका अनुसार बैठक केहीबेर अगाडि सुरू भएको हो। ‘केहीबेर अगाडि बालुवाटार आइपुगेका प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भइरहेको छ ।
संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल नगर्न अनुरोध गर्नेबारे सांसदहरूलाई जानकारी गराएका थिए।
बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए।
बैठकमा प्रचण्डले पहिला प्रतिपक्षी एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने र एमसिसीमा सहमति हुनुपर्ने बताएका थिए।
गठबन्धनको सहमति बिना एमसिसीको विषयमा प्रधानमन्त्री अघि बढे गठबन्धन तोडेर सरकारबाट बाहिरिने निष्कर्षसमेत माओवादी केन्द्रले निकालेको थियो।
माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरूङले एकलौटी रूपमा एमसीसी अघि बढे गठबन्धन र सरकार छाड्ने जानकारी गराएका हुन्।
जबरजस्ती एकलौटी गर्न खोजेमा गठबन्धन तोडिने र गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा नहुने बताएका हुन्।
यी हुन् माओवादी केन्द्र संसदीय दलको बैठकले गरेका मुख्य तीन निर्णय
१. एमसिसीमा रहेका असमान सर्त र असमान प्रावधान संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिन्न। यसलाई पास गर्न सकिन्न। जबरजस्ती पेश गरिएमा यसको विपक्षमा मतदान गर्ने।
२. सदन सुचारू गर्न जोड दिने। सदन सुचारू नभएसम्म कुनै पनि एजेन्डा अगाडि बढाउन सकिन्न।यसका लागि विपक्षीसँग पनि आग्रह गर्ने।
३ एमसिसीको विषयमा राष्ट्रिय सहमति नजुटेसम्म यो प्रक्रिया अघि बढ्न सक्दैन। त्यसैले एमसिसी अगाडि बढाउने हो भने दलहरूबीच सहमती हुनुपर्छ। कमसेकम सरकारमा रहेका दलहरूसँग सहमती हुनुपर्छ।