४ फागुन, काठमाडौं । आज १ बजे बस्ने संसद बैठकमा सरकारले एमसीसी टेबुल गर्ने बताए पछि ५ राजनीतिक दलले नेपाल बन्दकोे घोषणा गर्नुका साथै नयाबानेश्वरस्थित संसद भवनबाहिर एमसीसीका बिरुद्धमा बिरोध भइरहेका छन । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।
उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ ।
माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।