होटलबाट साजवादी पार्टीका सांसद कुलेलाम

बैशाख ११, काठमाण्डौ । हिजो मात्र पार्टी एकता भएको एक साझेदारी पार्टी समाजवादी पार्टीका नेताहरू आज बिहानै होटल म्यारियट पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरू कुलेलाम ठोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ । त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल म्यारियटमा राखिएको ति नेताहरूले बताएका छन् ।
त्यो थाहा पाएर समाजवादीका महासचिव गंगा श्रेष्ठसहितका नेता होटलमा पुगेका थिए । नयाँ मान्छेलाई प्रवेश गर्न नदिनू भनेको छ भनेर प्रवेश दिइएन । आफूहरू होटलको गेट अगाडि बसिरहेका बेला पार्टीका केही सांसदलाई रातो गाडीमा हालेर अन्यत्र लैजान खोजेको आफूले देखेको भन्छन् नेता श्रेष्ठ । आफूखुसी आउनुभएको हो भनेर सोध्छु भनेर मैले त्यो गाडी रोक्न खोजेँ । तर, गाडी ब्याक गरेर अर्को गेटबाट लगियो । त्यसपछि प्रहरी आएर आफूहरूलाई धरपकडको प्रयास गरेको बताए । ‘हाम्रो सवारीसाधन नियन्त्रणमा लिएर गाली गरे । हामी नम्र भएर कुरा गरेपछि बल्ल १० मिनेटपछि हामीलाई छाडिएको उनले बताए ।
सरकारले हालै मात्र ४० प्रतिशत सांसद भए दल फुटाउने मिल्ने गरी अध्यादेश ल्याएको थियो ।