पालिकाकाले जो जसलाई जिम्मेवारी तोके पनि त्यो विषयमा नगएर हामीले आफ्नो जिम्मेवारी निभाएका छौं

युवा नेता ,- प्रकाश रोकाया

बैशाख ११, कलंकी । हिजो करिब राती ११ बजेसम्म काठमाण्डौ को कलंकीमा देखिएका दृश्य र जनमानसको भिड देख्दा मन जलेर र रोयर आउँछ । यहाँ  सरकार छैनकी भनेर भान पनि हुन्छ । महिले कलंकी देखि कोटेश्वर सम्मको यात्रामा कयौं मानिस सडकको छेउछाउमा जम्मा भएर गाडी कहिले आउँला र गन्तव्यमा जाउला भन्ने पर्खाइमा देखिन्थे । अझ त कोटेश्वर चोक र कलंकी चोकमा त मान्छेको ताँती नै थियो ।
प्राय मानिस पश्चिमकै देखिन्थे । कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, सल्यान, रुमुम, रोल्पा, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम, सुखेर््त, नेपालगंज, बद्रिया, दाड, पाल्पा, गुल्मी, अर्घखाची लगायतका कयौं जिल्लाका मान्छेहरुलाई कोही गाउँपालिकाको रोहवहरमा र कोहीलाई सम्बन्धित जिल्लाको माननीय संसदको पहलमा, कोहीलाई सम्बन्धित ठाउँका मानछेहरुको पहलमा आफै भडा तिर्ने गरी गईरहेका थिए भने जाने क्रममा दिए । कोही टक, कोही काठमान्डौं उपत्यकामा लोकल रुपमा चल्ने गाडीरुले मान्छेहरुलाई ओसारी रहेका
थिए । पूर्र्वतिरका मान्छेरुहरुलाई भने सधै चलिरहने ठूला गाडीहरुले नै लिइरहेका दृश्य
देखिन्थे ।
कयौं
मान्छेको हुलका हुल काठमाण्डौका चोकचोकमा जम्मा भएर घर जान लागेको मान्छेहरुको अवस्था देख्दा उपत्यकामा कोरोना भन्दा पनि भोममारीको कहर आउने हो की भन्ने अनुमान पनि लगाउन सकिथ्यो । कोटेश्वरमा त एकाएक सडकमा आएको हुललाई प्रहरीले लाट्ठी चार्ज पनि गरेको थियो भने कलंकीमा केही प्रहरी अफिसरको खरो बोली भए पनि मान्छेलाई उपत्यका बाहिर पठाउनमा पनि सहज गरिरहेको देखिन्थ्यो ।
कालिकोट पचालझरना गाउँपालिकाले पालिकाबाट काठमाण्डौंमा बसोबास गर्ने मान्छेहरुलाई आफ्नै रोवहरमा उद्धार गर्ने क्रममा हिजो म पनि खटिएको थिए । तर मैले जुन सुकै ठाउँको भएपनि सहयो गर्नुपर्छ । तर म पनि त्यही गाउँपालिकाको स्थानीय बासिन्दा भएकाले नगरी नहुने पनि थियो ।

पालिकाले सामाजिक संजाल मार्फत् पचालझरना गाउँपालिकाबाट काठमाण्डौमा बसोबास गर्ने मानिसहरुलाई उद्धार गर्ने भनेर प्रचार गरेअनुसार पहिला दुई जनाको नाम र पछि नेकपा युवा नेता तथा प्रखर वक्ता वा सोही गाउँपालिकाका बासी प्रकाश रोकायाको मात्र सक्रियता देखिन्थ्यो त्यहाँ । पालिकाले खटाएका भन्दा अरु नै मान्छेको सक्रियता थियो हिजोको दृश्यमा । पालिकाबासी भने भन्दै थिए हामीलाई यो मान्छेलाई सम्पर्क गर्नु भनेर मोबाइल नम्बर दिइएको थियो तर सम्पर्क गर्दा सो नम्बर अफ भएको र गाडी कहा लाग्ने हो कहाँ जाने हो भनेर अन्योलमा रहँदा पछि अर्को सुचनामा प्रकाश रोकायाको सम्पर्क नम्बर उलब्ध हुदा अलि सहज भएको दुखेको पनि पोख्दै थिए । अझ भिटा ८ मयका १० ,१२ जना मान्छे कोटेश्वर बालकुमारी पोलमा बसेको ४ घन्टा भयो अझै बस आएको छैन कतिखेर आउने भनेर भनिरहेका थिए । त्यस्तै पचालझरना ४ का बिद्यार्थी कुम्भ सेजुवालका अनुसार सम्पर्कमा दिएको नम्बर अफ भएको र भक्तपुरबाट हिडेर कलंकी जान पनि नसकिने कोटेश्वर बालकुमारी पुलसम्म हिडेर आएको पनि धेरै भइसक्यो । सम्बन्ति मान्छे सम्पर्क बिहिन छन् भनेर बिलौना पोख्दै थिए । पछि हिलो उनलाई रिसिप गरेर कलंकी ल्याएर नेता प्रकाश रोकायाको सम्पर्कमा ल्याएर जिम्मा लगाए । यी र यस्तै बारेमा युवा नेता प्रकाश रोकायाका अनुसार पालिकाको टिपोटमा १४१ भनिए पनि अहिलेसम्म २०० जनाको तथ्यांक देखिएको छ र अझ कति छन् भन्ने एकिन गरिएको छैन । नेता रोकाया भन्नुहुन्छ, अहिले सम्म तीनव वटा गाडीमा गरिब ९०,९५ जनालाई पठाइ सकियो र अब एउटा गाडी जाने क्रममा छ त्यसमा पनि ३०,३५ जना बनाएर पठाउने तर अहिले सम्म २०, २२ जना त भए मान्छेहरु उपत्यकाका छरिएर रहेका र उनीहरुलाई एकीकृत गर्न गाह्रो भएको र उनीहरु अहिले रातीको ११ बजेसम्म पनि गाडी कहाँ पाइन्छ भनेर फोन आइरहेको बताउनु हुन्छ । तर हामी सम्पर्कमा आएका सबैलाई जो जहाँ रहनु भएको तिनहरुलाई रिसिप गरेर आजै रातीसम्म पठाइने छौं । अरु दुई गाडी पनि साथिहरुले भक्तपुर र चाहिल तिर मान्छेहरु लिएर आउने क्रममा रहेको समेत बताए ।

पालिकाकाले जो जसलाई जिम्मेवारी तोके पनि त्यो विषयमा नगएर हामीले सक्दो सहयोग र हुनसक्ने प्रयास गरेर पचालझरना पालिकाका मान्छेलाई पठाइरहेका छौं र भोलिका दिनमा पनि बाँकी रहेका मान्छेलाई सम्पर्कमा आएमा पठाइने समेत बताए । नेता रोकायाका अनुसार हामीले आफ्नै पालिकाका मान्छेलाई मात्र नभएर अन्य जिल्लाका मान्छेहरु सम्पर्कमा आएका र चोकमा भेटिएर आग्रह गर्नेहरुलाई पनि बसमा चढाएर गन्तव्यमा पठाइएको बताए । त्यस्तै उपत्यमाका बसोबास गर्ने असाहय,असक्त,विपन्न र ज्यालादारी वा रासनपानी सकिएका हरुलाई सहयोग गरिएको र त्यो अझै जारी रहने समेत बताएका छन् ।