ढुक्क हुनुहोस् पार्टी फुट्दैन, जो की प्रचण्ड जी र महिले बनाएको पार्टी हो

कदर न्यूज

बैशाख १०, काठमाण्डौं । आज बालुवाटार पार्टीका दुबै अध्यक्षद्धयले सयुक्त रुपमा पार्टी संसदहरु सँग भएको ब्रिफि मा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । संघीय संसदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेलामा बोल्दै प्रधानमान्त्री ओलीले पार्टी फुट्छ कि भन्ने हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेका छन् । कसले भन्यो पार्टी फुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो ? प्रचण्डजीले, पार्टी फुटाउने, मैले पार्टी फुटाउने ? जसले त पार्टी बनायो उसैले पार्टी फोड्ने’ ‘हामीले नबनाएको भए पार्टी बन्थ्यो ? अरुले बनाएको भए बन्थ्यो ? जसले बनायो उसैले पार्टी कसरी फोड्छ ?’
संसारको कुनै पनि देशमा पार्टीको बहुमतले पार्टी फुटाउने व्यवस्था नभएको भन्दै प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताका लागि अध्यादेश ल्याएको बताएका थिए ।
संसदमा हुने संख्याको आधारमा पार्टीको आकार निर्धारण हुने भएकाले फुट्नका लागि पनि सांसदलाई नै महत्वपर्ण बनाइन लागिएको प्रधानमन्त्री ओलीले बताएका थिए ।
संसदको निश्चित संख्या हुने भए पनि केन्द्रीय कमिटीमा त्यस्तो कुनै सीमा नहुने प्रधानमन्त्री ओलीको धारणा थियो । पार्टी फुट्ने र जुट्ने निर्धारण ऐनले नगर्ने भएकाले पार्टी विभाजनलाई खुकुलो पार्दैमा आत्तिन पर्ने अवस्था नरहेको धारणा प्रधानमन्त्रीले रख्नु भएको थियो ।