Breaking News

आज मंगलबारसम्म ४ लाख ४ हजार ३३३ जनाले बुस्टर डोज लगाए

नेपालमा कोरोनाभाइरस विरुद्धको बुस्टर खोप चार लाख बढिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मंगलबारसम्म ४ लाख ४ हजार ३३३ जनाले बुस्टर डोज लगाएका हुन् ।

सरकारले माघ ४ गतेदेखि फ्रन्टलाइनर, ६० वर्षभन्दा माथिका उमेर समूह र दीर्घरोगीलाई बुस्टर डोज दिन सुरु गरेको छ । यस्तै, खोप अभियान सरु भएदेखि तीन करोड १६ लाख ४२ हजार ५०३ मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जसमध्ये एक करोड ४४ लाख सात हजार ७५ जनाले पूर्ण मात्रा लगाएका छन् । कम्तीमा एक मात्रा एक करोड ६८ लाख ३० हजार ३९५ जनाले एक मात्रा लगाइसकेका छन् ।

कुल जनसङ्ख्याको ४७।४ प्रतिशतले पूर्ण मात्रा र कम्तीमा एक मात्रा ५५।४ प्रतिशत लगाएका छन् । यस्तै, १८ वर्षभन्दा माथिका ७२।३ प्रतिशत पूर्ण मात्रा र ८४।५ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।