यथास्तिमा एमसीसी पारित हुँदैन, एमसीसी पारित नभए गठबन्धन टुटदैन

नेता नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भन्ने हल्ला निराधार भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आज बिहान सामाजिक संजालमा ट्वीट गदै, भनेका छन्, सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएको र त्यस्ता खालका कुरमामा ‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।

नेता श्रेष्ठ ट्वीटमा लेख्छन्, एमसीसी अहिलेकै अवस्थामा पारित हुन नहुने अडान राख्दै आएका छन् भने माओवादीले पार्टी बैठकबाटै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा राख्दै आएको छ । स्वयम् अध्यक्ष प्रचण्डले एमसीसी हुबहु पारित हुन नसक्ने बताउँदै आएका छन् ।

माओवादीले पुस तेस्रो साता सम्पन्न महाधिवेशनबाट सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको निष्कर्ष समेत निकालेको थियो ।