यही बहानामा सत्ता गठबन्धन नटुटोस्, सर्वसम्मतीले एमसीसी पारित गरौ

डा. बाबुराम भट्टराई

Baburam Bhattarai

MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!

१७ माघ, काठमाडौं । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास नगरे सत्ता गठबन्धन ट्ट्ने नेतावनी दिएपछि आज बिहान जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजालमा ट्वीट गर्दै भनेका छन्, आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने गरौ।

भट्टराईले लेखेका छन्, यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थप लेखेका छन्– देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।

सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले भने जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् ।