Breaking News

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।

केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ। योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।