सानेपाबाट प्रतिपक्ष दलहरुको सरकारलाई धम्की

१० वैशाख, काठमाडौं । केही दिन मात्र अघि सरकारले दुई वटा विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको छ । त्यसैको छलफलका लागि सानेपास्थित प्रतिपक्ष दल कांग्रेसले हरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ् ।आज
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म भएको छलफल हो । यी दुईबाट अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाइ लैजाने ल्याइएको उनीहरुको निकर्ष छ ।
सरकारले जारीको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था छ । उक्त अध्यादेश फिर्ता नलिएको आन्दोलनमा उत्रिने राणनीति तय भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् अकडाउनपछि सरकार विरुद्ध आन्दोलनको आधिबेरी ल्याउने उनले बताए । यादवका अनुसार बैठकमा तत्काल संसद अधिवेशन आवह्नको माग गरिएको छ । बैठकले सरकारका जनविरोधी कदमविरुद्ध केही फेरि विपक्षी दलहरुबीच बैठक बोलाउए र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।
नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै बैठकले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ । छलफलमा कांग्रेसका शीर्ष नेतासहित समाजवादीबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई,
राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपतिशम्शेर राणा छलफलमा सहभागिता थिए ।