बिद्युतीय अपराध गरेको अभियोगमा पूर्वसचिव पक्राउ

१० वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताएका छन् । उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ ।