निको भएर घर फर्किए दुई जना कोरोना संक्रमित

१० वैशाख, काठमाडौं । कोरोना संक्रमित थपिने र निको हुने क्रमसँगै आज दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते एयर अरेबियाको उडान बाट नेपाल आएका
थिए । पीसीआर परीक्षका क्रममा कोरोना पुष्टि भएपछि उनी चैत १२ गते भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज भएका हुन् ।
त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ईन्द्रबहादुर बिक
भारतबाट आएका हुन् । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले आजै डिस्चार्ज गरेको हो । चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो ।