Breaking News

प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनबाट महिलातर्फ जयन्ती राई निर्वाचित

१२ माघ, विराटनगर । प्रदेश १ को राजधानी बिराटनगरमा आज प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनबाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।

उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।