Breaking News

अप्ठेरोमा परेका फिल्म निर्देशकलाई चलचित्र निर्देशक समाजले सहयोग गर्ने

बैशाख १०,काठमाडौं । कोरोना भाइरसका कारणले लकडाउन भएपछि अप्ठेरोमा परेका फिल्म निर्देशकलाई चलचित्र निर्देशक समाजले राहत दिने भएको छ । निर्देशक समाजले एक विज्ञप्ति समस्यामा रहेका आफ्ना सदस्य निर्देशकलाई राहत दिन लागेको बताएको हो । समाजको हिजो सोमबार बसेको भर्चुअल बैठकको निणर्यबाट राहत दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
‘कोरोनाको यो महामारीको अवस्थामा चलचित्र निर्देशक, मुख्य सहायक निर्देशकलगायतलाई दैनिक खानापान र स्वास्थ्यको केही समस्या छ । निर्देशक समाजमा सम्पर्क गर्नुस्’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘निर्देशकको प्रतिष्ठाको ख्याल गर्दै राहत र नाम गोप्य बताइएको छ ।

लेखक : कदर समाचार