बजेट अधिबेशन बोलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षद्धारा सरकारसँग आग्रह

बैशाख १०,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । अधिवेशन आह्वानको निर्णय गर्ने अधिकार सरकारलाई छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।
अघिल्लो वर्षको वर्षे अधिवेशन बैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो । यस वर्ष कोरोना भाइरसको संक्रमण रोकथामका लागि वैशाख १५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरिसकेको छ ।राष्ट्रिय सभा अध्यक्ष सचिवालयले पर्याप्त समय भएकाले पहिलाकै स्थानमा सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार गर्न लागेको जानकारी दिएको छ
१५ गतेपछि लकडाउन खुले पनि, नखुले पनि सामाजिक दुरी कायम गरेर बैठक बस्न सकिने भन्दै सभामुख र राष्ट्रियसभा अध्यक्षबाट वर्षे अधिवेशन बोलाउनुपर्ने आग्रह आएको एक मन्त्रीले जानकारी दिए । ‘संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट पेश गर्नुपर्ने भएकाले जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने बताएका
छन् ।
बजेटभन्दा अगाडि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदमा नीति तथा कार्यक्रम र पूर्वबजेटमाथिको छलफल गर्नुपर्ने हुन्छ ।