काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि

६ माघ, काठमाडौं। कोरोना संक्रमण बढ्ने क्रममा आज काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको
छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

आज थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।