बालुवाटारमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता जारी

६ माघ, काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अहिले शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ।

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएको प्राप्त समचार छ ।

अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो । बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।