आज देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

आज देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजै कोरोनाबाट थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आजै कोरोना संक्रमणबाट थप ४ जना मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।