२० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफ बिजयी

६ माघ, पोखरा। पोखरामा आजबाट सुरु भएको २० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै विभागीय टिम एपीएफले जित निकालेको छ। एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले समान १-१ गोल गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछानेले जारी प्रतियोगिताको पहिलो गोलकर्ता बनेका छन्।