राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपा बीच गठबन्धन हुने

६ माघ, जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ ।

आज जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।

एमालेले महिलातर्फका उम्मेदबार बिना देवी साहलाई उम्मेदवार बनाएको थियो भने लोसपाले अन्य तर्फ उम्मेदवार तोके पनि उम्मेदवारी दिएको थिएन ।

१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ, जसमध्ये प्रदेश २ बाट महिला र अन्य समूहतर्फ सदस्य चयन हुनेछन् । मधेस प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादीका महमद खालिदले उम्मेदवारी दिएका छन् ।