आज नेप्सेमा ३२ अंकको सुधार

आज नेप्सेमा ३२ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से सूचक ३२।९६ अंकले बढ्दै २९ सय ३१।२६ विन्दुमा उक्लिएको हो ।

हिजो बुधबार यस्तो सूचक अधिकतम ३८।३५ अंकले घट्दै २८ सय ९८।३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने गत बुधबारको भन्दा पनि तल झरेको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।