६ पुस, ललितपुर । पछिल्लो चरणमा सीप सिकेर नेपालमै बसी आत्मनिर्भर बन्नेर आम्दानी बढाउने नेपाली युवायुवती तथा अन्य उद्यमीहरुले व्यवसाय संचालन गरेर आत्मनिर्भर हुन थालेका छन् ।। यसै क्रममा ललितपुर जिल्लाको ललितपुर महानगर पालिका कुमारीपाटीमा एक भब्य उद्घाटन कार्यक्रम गरी लुक्स ब्यूटी सलोन एण्ड एकेडेमी संचालनमा ल्याइएको छ ।
यस ब्यूटी सलोन को उद्घाटन ललितपुर उपमहानगर पालिका उपमेयर गीता सत्यालले प्रमुख अतिथि को रुपमा गरेकी थिइन । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यो, नेपाल घरेलु तथा साना उद्योग महासंघकी महिला जिल्ला सभापति गृणलक्ष्मी अवाल (श्रेष्ठ), उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य सजना श्रेष्ठ, उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य युवा तथा महिला संयोजक गुण ताम्राकार लगायत व्यक्तिहरुको अतिथिमा लुक्स ब्यूटी सलोनको उद्घाटन गरिएको थियो ।
उद्घाटन गरेर संचालनमा ल्याइएको सो लुक्स ब्यूटी सलोनको मुख्य उद्देश्य देशी तथा विदेशी व्यक्तिहरुलाई स्वदेशमै अन्तरर्राष्ट्रिय स्तरको मेकअफ तथा कपाल श्रृङ्गार का साथै अन्य मेकअफ जन्य सामाग्रीहरुको गुणस्तरीय स्तरमा सुविधा उपलब्ध गराउने लक्ष्य रहेको यस सलोनका प्रोपाइटर मलिना शाक्यले कदर न्यूजलाई बताइकी छन् । उहाँका अनुसार स्वदेशी उद्यमी महिलाहरुलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय ट्रेनरहरुद्धारा ट्रेनिङ्ग दिलाई स्वदेशमै गुणस्तरीय उद्यामीहरु उत्पादन गर्ने र विदेशमा गई ट्रेनिङ्ग लिनेहरुका लागि केही समस्या समाधान हुने समेत बताइन । त्यस्तै अर्का प्रोपाइटर उर्जना र मलिना शाक्यका अनुसार श्रृंगारका पारखीहरु र यस सम्बन्धी कार्य गर्ने सम्पूर्ण उद्यमीहरुमा अन्तराष्ट्रिय ब्राण्डका सामानहरु स्वदेशमै सहज रुपमा उपलब्ध गराउनु रहेको बताउनु भएको छ ।
लुक्स ब्यूटी सलोन एण्ड एकेडेमी को उद्घाटन कार्यक्रममा श्रृंगार सम्बन्धी चासो राख्ने वा यस बारेमा ज्ञान भएका र नभएका गरी गरी ३०० जनाको आमन्त्रितको हाराहारीमा सहभागिता रहेको कार्यक्रममा नेवारी परम्परामा सगुनको लञ्च गरिएको थियो ।
नेपालमै यस्ता खालका गुणस्तरीय र सुलभ तरिकाका ब्यूटी सलोनहरु संचालन गरेर सीप सिकाएर रोजगारीको अवसर प्रदान गर्न सकिने संचालकहरुको योजना गरेको छ । यस्ता खालका कार्यमा सरकार र स्थानीय सरकार र अन्य समुदायहरुको साथ र समर्थनको आवश्यकता रहन्छ ।