१० बैशाख, काठमाडौं । गएको एक हप्तामा दिनमा उदयपुरमा २४ जना कोरोना संक्रमित देखिएपछि प्रदेश १ सरकारले उदयपुर जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ । जिल्लामा आवतजावत बन्द गर्ने हिसाबले सिल गर्ने निर्णय भएको बुझिएको छ । जिल्लाको भुल्केमा ११ जनामा कोरोना संक्रमण भेटिएका थिए । यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित भेटिएका छन् ।