समसामहिक विषयमा बालुवाटारमा प्रधानमन्त्रीले देशभरीका सांसदसँग भेडियो संवाद गर्दै

१० बैशाख, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र देश लगाइएको कोरोना भाइरस लकडाउन र अब आउने बजेटका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशबाट नेकपाका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले उनीहरूसँग छलफल चलिरहेको छ । प्रधानमन्त्री ओलीले सबै प्रदेशका सांसदहरूलाई छलफलका लागि पालैपालो बोलाएका छन् । दिउँसो १ बजे राष्ट्रिय सभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाइएको पनि छ । बजेट ल्याउने दिन नजिकिँदै गएको र अध्यादेश जारी भएको सम्बन्धमा छलफल गर्न सांसदहरूलाई बोलाइएको बताइएको छ ।