बालुवाटारमा प्रचण्ड र ओलीको संयुक्त रुपमा संसदहरुलाई ब्रिफिङ , यो क्रम दिनभरी चल्ने

१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई आज बालुवाटारबाट संयुक्तरुपमा ब्रिफिङ गरिरहेका छन् ।
दुई अध्यक्षले प्रदेश(प्रदेशका सांसदलाई फरक(फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे बिफ्रिङ गररेको बुझिएका छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ ।
ओली(प्रचण्डको बिफ्रिङ दिनभरि चल्नेछ ।
दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएपछि त्यसलाई प्रष्टाउन र अरु समसामहिक बिषयमा ब्रिफिङ हुने बताइएको छ ।