प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश

३० पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा हिजो भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ ।

उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।