टोटेनहम हटस्परलाई हराउँदै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश

एजेन्सी

टोटेनहम हटस्परलाई हराउँदै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा २ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो लेगमा १(० को जित निकाल्दै समग्रमा ३(० नतिजासहित उपाधि नजिक पुगेको हो।

टोटेनह्याम स्टेडियममा भएको खेलमा १८ औं मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रूडिगरले चेल्सीका लागि निर्णायक गोल गरे।

खेलमा टोटेनहमको दुई पटकको पेनाल्टी अपिललाई भिएआरले मान्यता दिएन । ६३औं मिनेटमा ह्यारी केनले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

अब चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र आर्सनलबीचको दुवै लेगको खेल बाँकी रहेको छ