दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते

२६ पुस, दाङ । दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।