‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध भएको छ -गगन थापा

कदर समाचार

बैशाख ९, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिदै गएका र सरकारले लकडाउन पनि थप कडा गर्दै गएको समयमा निम्नस्तरमा र मजदुरी गरेर खाने तथा अन्य समुदायका मानिसहरुलाई कष्टकर बन्दै गएको र दिनदिनै हिडेरै भएपनि सडकभरी हिडेको जनताको आवाज र उनीहरुको पीडालाई देखेर प्रखर वक्ता तथा नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले लकडाउनका कारण समस्यामा परेका जनताको आवाज नसुनेको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचनात्मक टिप्पणी गरेका छन् । नेता थापाले आफ्नो फेसबुक पेजमा स्टाटसमा घर जान हिँडेका व्यक्तिहरूको फोटो पोस्ट गर्दै आफूलाई जनप्रतिनिधि हुँ भनेर भन्न पनि लाज्जाबोध भएको बताएका छन् ,
युवा नेता थापाले सडकमा हिँडेका र दुःख पाएका जनतालाई असुरक्षित राखेर आफू मात्रै जोगिनुको कुनै अर्थ नहुने बताएका छन् । लकडाउनबाट अफ्ठ्यारोमा परेका जनताको समस्या समाधानको उपाय मिलेर खोज्न प्रधानमन्त्री ओलीसँग थापाले आग्रह गर्दै लेख्छन्, ‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध भएको छ । त्यस्तै थापाले यि सडकमा भौतारिएका जनतालाई छाडेर हामी जोगिनुको के अर्थ ! ‘केही नगर्ने हो भने र समयमै उपाय ननिकाल्ने हो भने यि हिडिरहेका तमाम जनताको आँसुले पोल्नेछ । यिनको व्यवस्थापनका उपाय छन् र हामी सबै बसेर छलफल गर्न चाहन्छौं । बोलाउनस्, मिलेर काम गरौं, जनताको उद्धार गरौं, भोलिका दिनमा यिनै जनताबाट हामी चुनावमा पछारिन नपरोस् भनेर प्रधानमन्त्रीलाई सम्झाएका छन् ।