कोटश्वर-जटिबुटि क्षेत्रमा एकाएक जम्मा भएको भिड र अन्योलमा रहेका सुरक्षाकर्मी

बैशाख ९, काठमाडौं । गाडी आउँ रे आज घर जान पाइने भयो भन्ने खुशीले कोटेश्वर जडिबुटी क्षेत्रमा भने लकडाउनले ति मान्छेहरुलाई रोकेन । आज दिउसो झमझम पानीको पर्वाह नगरी मानिसहरू हस्या र फस्या गर्दै आफ्ना पोका कुन्तरा र बालबालिका च्यापेर हिडिरेको देखिन्थे । सो खण्डमा एका एक जम्मा भएको भिड भने कतैबाट गाडी आउँछे भन्ने सूचनाका आधारमा कोटेश्वर, जडिबुटी क्षेत्रमा जम्मा भएको त्यहाँ उपस्थित एक जनी रामेछाप जाने आमाले भनिन् । तर तिनीहरुलाई भने गाडी कहाँबाट कसले र कतिबेला आउँछ भन्ने थाहा भने छैनर । तर, स्थानीय जनप्रतिनिधिले नै जाडीको व्यवस्था गरिएको भनेपछि विश्वासका साथ त्यहाँ आएको कोहीले बताउँदै थिए ।
कोटेश्वर जडिबुटी क्षेत्रमा जम्मा भएका मान्छेहरु धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका मानिसहरू थिए । ज्यालादारी, रोजगारी तथा अध्ययनका र अन्य कामका लागि काठमाडौंमा बस्दै आएका उनीहरू लकडाउन लम्बिएपछि समस्यामा पर्न थालेपछि घर फर्किन चाहेको बताउदै थिए । जनताको पिडा र मर्कालाई मध्यनजरस गर्दै स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम गरेका छन् । सो क्षेत्रमा एकाकाएक मानिसहरूको चहलपहल बढेपछि सुरक्षाकर्मी भने अन्यौलमा थिए । कसले कसरी मानिसहरूलाई लैजान लागेको हो भन्ने उनीहरूलाई जानकारी छैन । त्यहाँ खटिएका सुरक्षाकर्मीहरूका अनुसार आज मंगलबार बेलुका साँझ ५ बजेदेखि ६ बजेसम्ममा १९ वटा गाडी मा मानिसह गइसकेका र, अझै कति गाडी जान्छन् त्यो भने एकिन नभएको बताए । तर जे हास् लकडाउनबाट चेपिएका जनतालाई उद्धार गरी जे जसरी, जुन स्थानीय लिनु भएको सबैलाई धन्यावद छ ।