उदयपुरमा फेरि थप ८ जनामा कोरोना भाइरस संक्रमित भेटिए

बैशाख ९, काठमाडौं । गएको एक हप्तामा उदयपुरमा मात्र कोरोना भाइरसका संक्रमित संख्या २१ जना पुगेका छन् । अहिले भरखरै पनि उदयपुरमा ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको बताइएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । समेत नेपालमा अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।