मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना भएको हो ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा-१९प-७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल लडेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको बुढाथोकीले बताए ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको प्रहरीले जनाएको छ ।