काँग्रेसले सरकारले ल्याइएका अध्यादेश फिर्ता गर्न माग

९ फागुन, काठमाडौं । सरकारले हिजो ल्याएको विधेयक माथि छलफल गर्न बसेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको बताइएको छ । बैठकमा हिजोको अध्यादेश बारे केन्द्रित भएर छलफल भएको थियो । बैठकले संविधानको ठाडो उल्लंघन, लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको ठहर गरेको छ । यसबारे पार्टीले अध्यादेश फिर्ता लिन माग गर्न माग समेत गरेको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्था सहितको दुई अध्यादेश हिजो बिवादबिचै ल्याएको थियो । उक्त अध्यादेश हिजो सोमबार नै राष्ट्पतिबाट कार्यान्वयनमा आइसकेको छ । यसबारे काँग्रेसले भोलि बुधबार सरकार बाहिर रहेका दलहसँग पनि छलफल गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रिन आग्रह गरेको छ ।