कुहिएको चामल बाड्ने मेयर पक्राउ

९ बैशाख, कलैया । कोरोना लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया नगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले आज मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका जनाएको छ ।
प्रहरीका अनुसार मयेरसाप माथि अभियोग लागेको कारणले सोधपुछ गर्न नियन्त्रणमा लिइएको बताएको छ । यसबारे अनुसन्धान पछि मात्र थप ककद चालिने बताइएको छ ।