६ पुस, काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी गरेको छ । एमालेको बिरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।
त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए । बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार गर्दै पारित गरेको छ ।