६ पुस, काठमाण्डौं । प्रतिनिधिसभाको बैठक चलिरहेको छ र मुलुकका दलहरुमा एमसीसी का बारेमा छलफल भइरहेको बेला सडकमा विरोधका आवाजहरु समेत भइरहेका छन् । आज काठमाण्डौंमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका छन् । र्यालीसहित गरिएको विरोध प्रदर्शनपछि कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो ।