Breaking News

प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

६ पुस, काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ ।

यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर आज बसेको बैठकमा पत्रकारलाई बाल्कोनी जान दिइएको छैन ।

पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन् ।