Breaking News

बालुवाटारमा सर्वदलीय बैठक सम्पन्न एमाले सहभागी भएन

४ पुस, काठमाण्डौ । संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आज बालुवाटारमा बोलाएर पनि सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य सबै दलका नेताको सहभागिता थियो।

बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ । सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो । तर सो सर्वदलीय बैठकमा प्रमुखप्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएन । एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको छ । त्यसमा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही नगरेसम्म संसद चल्न नदिने र एकीकृत समाजवादी सहभागी भएको बैठकमा एमाले सहभागी नुहने बताउँदै आएको छ ।