४ पुस, काठमाण्डौ । देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन् । ९८७२ जनामा गरिएको नमूना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा १ जनाको मृत्यु भएको छ भने २८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५२७१ जना सक्रिय संक्रमित रहेका छन् भने ९७०२६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।