आज बेलुका ४ बजे सर्वलदीय बैठक बस्दैछ । तर त्यस अगाडि सत्तारूढ दलको बैठक बोलाइएको छ।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने दुर्गा पौडेलले जानकारी दिइन्। सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको हो ।
संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक अपरान्ह ४ बजेलाई आह्वान गरिएको छ ।
विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।
यसैबीच नेकपा एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ।