१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अहिले मतगणना जारी छ । आज बिहान मत परिणाम अनुसार उपसभापतिमादेउवा प्यानलबाट पूर्णबहादुर खड्का र ेशेखर प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन् । दुई उपसभापतिका लागि ८ जनाको उम्मेदवारी परेको थियो । तर ८ जना मध्य काँग्रेसको उपसभापतिमा बाजी मारेका छन् । बिजयी एक मध्य धनराज गुरुङले आफु जित पछि भनेका छन्, सभापति शेरबहादुर देउवाको अनुभव र आफूहरुको जोश जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका
छन् ।
उपसभापतिमा निर्वाचित भएपछि संक्षिप्त कुराकानी गर्दै उनले निर्वाचनका क्रममा बनेको प्यानल अब नरहने बताए । ‘सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुन्छ’ उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं ।’
निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए । बुधबार राति घोषणा भएको मत परिणामअनुसार उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका गुरुङ निर्वाचित भएका छन् ।