Breaking News

शिक्षक सरुवा बढुवामा घुस खाएकाले कालिकोट शिक्षा विकास समवन्य इकाई कार्यालय प्रमुखलाई कालोमोसो

२९ मंसिर, कालिकोट । नेकपा विप्लव निकट अनेरास्ववियु ( क्रान्तिकारी) बिद्यार्थी संगठनले कालिकोट शिक्षा विकास तथा समवन्य इकाई कार्यालयका प्रमुख महेशदत्त देवकोटालाई कालोमोसो दलेर कारवाही गरेको छ । सो बिद्यार्थी संगठनले कार्यलय प्रमुख देवकोटाले शिक्षक सरुवा बढुवा मा एक लाख रुपैयाँदेखि माथि सम्मको रकम घुसको रुपमा असुलेर सो कार्य गरिरहेको र शिक्षकको सरुवा बढुवामा एकलौटी कानुन विपरीत मनपरी कार्य गरेकाले निजलाई कालोमोसोे दलेको जानकारी सो संगठनले दिएको छ ।

Open photo

तर कार्यालय प्रमुख देवकोटाले आफूले यस्तो कार्य नगरेको र कोही कसैबाट समेत घुस नलिएको र विप्लप निकट बिद्यार्थी संगठनले पटक-पटक सहयोग मागे

Open photo

को तर आफुले नदिएको रिसमा आफुमाथि यो हर्कत भएको उनी निकट स्रोतले बताएको पनि छ । ।

शिक्षा विकास तथा समवन्य इकाई कार्यालयका प्रमुख देवकोटालाई अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका कार्यकर्ताले उनको कार्यकक्ष भित्रै गएर कालोमोसो दलेर कारवाही गरेको छ ।

कारवाही पछि विप्लव निकट युवा संगठन नेपाल कालिकोटले निकालेको विज्ञाप्तिमा भनिएको छ , भ्रष्टाचार, कालोबजारी, कमिसनखोरहरुको विगबिगी बढीरहेको छ र शिक्षा, स्वास्थ्य जस्ता अति सम्वेदनशील विषयहरुमा जनताहरुलाई निकै ठूलो सास्ती भैरहेको छ । यो कार्य आजभोलि जनप्रतिनिधिहरुको भ्रष्टाचार गर्ने पेवा नै बनेको बेला कालिकोट शिक्षा विकास तथा समन्वय समितिका प्रमुखले यस्तो खालको हर्कत गरेकाले आफ्नो संगठन कारवाही गर्न बाध्य भएको र कारवाहीका कारणहरु समेत बिज्ञाप्तिमा पेश गरेको छ,

१. अस्थायी शिक्षक सरुवा गर्दा एक लाख पचास हजार (१५००००) देखि माथि तिनलाख सम्म शिक्षकसँग घुस लिएकाले,
२. भ्रष्ट प्र.अ. संग मिलिमोतो गरी भ्रष्ट प्र.अ. लाई कारवाही को सट्टा संरक्षण गरेकोले,
३. शिक्षकहरुलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरेकाले,
४. अहिले सम्म कुनै विद्यालयको अनुगमन, निरिक्षण नगरेको र कुनै बिद्यालयमा विवाद आएमा घुस खाएर समाधान गर्ने गरेकोले, यी र यस्तै माथिका कमीकमजोरी का कारण युवा सगठन नेपाल कालिकोटले निजलाई कारवाही गरेको बताएको छ ।