Breaking News

कांग्रेस १४औं महाधिवेशन : केही बेरमा महामन्त्री पदको मतगणना सुरु हुँदै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पहिलो चरणमा कसैले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट सभापतिमा पुनः शेरबहादुर देउवा बिजयी भएका छन् भने दुई जना उपभापतिको आज बिहान सकिएको मतपरिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् । अब निर्वाचन आयोगले २ जना महामन्त्री पदको मतगणना केही बेरमा सुरु गरिंदै छ । निर्वाचन समितिका एक सदस्यले बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र गगन थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

कांग्रेसको विधानअनुसार ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्नेछन् ।