काठमाडौं । नेपाली काँग्रसको सभापति चयनका लागि हिजो भएको निर्वाचनबाट कसैको पनि ५० प्रतिशत नपुगेपछि आउ पुनः दोस्रो चरणको मतदान हुँदै छ । पहिलो चरणमा प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ आउट हुँदै शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो छ । यसका लागि पहिलो चरणमा आउट भएका नेता प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई सघाउने भएका छन् ।
आज बिहान चाक्सीबारीमा देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।