२८ मंसिर, काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक अबको केही बेरमा बस्न लागेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठक आज मंसिर २८ गते दिउँसो २ बजेका लागि आव्हान गरेकी थिइन् ।
संसद बैठक अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले यो पटक पनि सहजै बैठक सञ्चालन हुन नदिने संकेत गरिसकेको छ ।