२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सकिएको छ र मतदानमा जम्मा ४ हजार ६७९ मत खसेको छ ।
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये ६४ जनाले मतदान नगरेको मुख्य सचिव कृष्ण पौडेलले बताए ।
राति १ बजेदेखि सभापतिका उम्मेदवारहरुले पाएको मतको गणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।